नेकपा (एकीकृत समाजवादी) पर्बत जिल्ला निर्वाचन क्षेत्र `ख´ को चुनावी भेला सम्पन्न भएको छ । २७ गते पैयु गाउपालिका वडा नम्बर ४ मा उक्त भेला सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा एस केन्द्रिय सदस्य तथा जिल्ला कमिटीका अध्यक्ष मोति प्रसाद पौडेलले बोल्दै पर्वत जिल्लामा प्रत्यक्ष तर्फको मत गठबन्धनलाई दिने उदघोस गर्दै, समानुपातिकमा जनतालाई कलममा मत माग्न निर्वाचनको घोषणा पत्र, अपिल र प्रतिबद्धता पत्र लिएर जनताको साथमा जानू पर्ने बताए । कार्यक्रमको अध्यक्षता कमिटीका अध्यक्ष रामेस्वर गौतमले गरेका थिए ।
अध्यक्ष गौतमले कार्यक्रममा बोल्दै हामी पार्टी कार्यकर्ता सबै आफू उम्मेद्बार हु भने हिसाबले खट्न र कलममा धेरै भन्दा धेरै मत ल्याएर प्रदेश सभा र प्रतिनिधि सभामा कलमबाट बलियो उपस्थिती गराएर मुलुक र जनताको जनजीवन रुपान्तरणको नयाँ अध्याय सुरु गर्न पर्ने बताए । पार्टीका निर्वाचन आयोग सदस्य उदय सुवेदी, केन्द्रिय परिसद सदस्य बैकुण्ठ भुसाल, प्रदेश कमिटीका सदस्यहरु, जिल्लाका पदाधिकारी सहित प्रदेश सभाका समानुपातिक तर्फका उम्मेद्बार धनमाया थापा, संगिता सुवेदी लगाएतको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै युवा नेता पार्टी उपसचिव सन्तोष न्यौपानेले भने हामी अहिले गठबन्धनमा छौ, यो गठबन्धन अग्रगामी पार्टीहरुको, यो व्यवस्था र संविधान जोगाउनको लागि हो । उता यसकै विरुद्धमा राप्रपा-एमाले-जसपा गठबन्धन गरेर ओलि निर्वाचनमा आएका छन । त्यो गठबन्धन पुर्व पन्चे, गणतन्त्र विरोधीहरु प्रतिगामी, प्रतिक्रियावादी शक्तिहरुको झुन्ड बन्न पुगेको छ । कमल थापालाई सुर्य चिन्न बेचेर, यकनाथ ढकाल र संविधान च्यात्ने शक्ति संग सहकार्य गर्दै केपि ओलि संविधान मास्ने तरखरमा छन । यसलाई रोक्दै अग्रगामी विचार र विकास समृद्धिको लागि हामी एकजुट भै गठबन्धनमा लाग्नु पर्ने विचार राखे । दशौ महाधिवेशनबाट एमालेले पहिला विचार निकाल्यो र फाल्यो अहिले विचारक घनस्याम भुसाललाई निकालेर अब खोक्रो रित्तो भाडोमा परिवर्तन भएको छ ।
अब एमालेबाट देश बन्दैन र कम्युनिस्ट आन्दोलन पनि ध्वस्त हुन जान्छ तेसैले आउने निर्वाचनमा यसता प्रतिगामी, राजावादी, सामन्तवादी, रुढीबादी र परिवर्तन विरोधी शक्तिलाई सुन्यमा पुर्याउन अनिवार्य भएको जिकिर गरे । भेलाले १०१ सदस्य निर्वाचन परिचालन कमिटी निर्माण गरेको छ साथै गठबन्धनमा सक्रियता पुर्वक उच्च मनोबलका साथ गठवन्धनका साझा उम्मेद्बारलाई जिताउन लाग्ने निर्णय गर्यो ।
प्रतिक्रिया