गरिमा ढकाल
सायद त्यो बालपनको दशैको रमाइलो आज पनि भइदीए समयसंगै हरेक कुराहरु परिवर्तन हुदै जाने रहेछन् आफ्ना इच्छा , आकांक्ष्या र रहरहरु। बालापन साच्चै कै सबैको लागी यादगार कै हुदो रहेछ त्यो समयको तिज दशैँ तिहारले हुदै प्रकारको खुसी दिन्थ्यो। जता पनी खुसीको बर्षात भए जस्तो जो मानिस हेर्दा पनि खुसी भए जस्तो प्रकृतीले हुदै प्रकारको अभाष दीए जस्तो।
जब तिजको रमझम सकिन्थ्यो फेरी दशैँ आउने छुटै आशा पलाउथ्यो त्यसले सकारात्मक उर्जा मनमा आउथ्यो र फेरी नया आशा पलाउथ्यो। दशैँको नजिकीदै गर्दा गाऊँघर भरी मानिस दशैँ आयो भन्दै घर सफा गर्ने , घर सजाउने , किनमेल गर्ने पिङ लगाउने काममा व्यस्त हुन्थ्यौ। आहा कति रमाइलो दशैँ नया लुगा लगाउने रहर , दशैँमा मान्यजनले दीएको दक्षिणा गन्ने रहर , मीठो मीठो प्रकारका परिकार खाने रहर आफ्ना बुवा आमाको आर्थिक अवस्था नबुझी जसरी नी दशैँको लुगा लगाउनु पर्ने रहर यही रहेछ समझदा नी रमाइलो लाग्ने बालापनको दशैँ।
मानिसको इच्छा , चाहना पनि समय परिस्थीती र मनस्थीती अनुसार परिवर्तन हुदै जादो रहेछन। आफुमा थपीएको जीम्मेवारी आफ्नो भविष्यको चिन्ता , धन सम्पती कमाउनु पर्ने बाध्यता , पढाई जस्ता कुराले मानिस वाधीदै जादो रहेछन् । यस्ता कुराहरुले मानिस साना साना खुसीमा रमाउन छोडदै जाडो रहेछन। धेरै पाउने , धेरै कमाउने ठुलो सफलतामा मात्र खुसी हुने बानीले मानिस त्यो कुरा प्राप्त नगर्दा निराशा तिर लाग्ने रहेछन जसको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव हाम्रो परम्परावाट चलिआएको धर्म , संस्कृती , चार्ड , पर्वमा पर्ने रहेछ।
अवको समय त प्रविधीको समय भइसक्यो मानिसले आफ्नो चाडपर्वमा टिकटक र फेसबुक मा मनाउने चलन चलिसक्यो।
दशैँको टिका लगाउने साइतमा त टिकटक र फेसबुकमा दशैँको फोटो अपलोड हुन्छ। लाग्छ को पहीला आफ्नो फोटो भिडियो राख्ने प्रतिस्पर्धा छ। कसले कसरी टिका लगायो दक्षीणा कति पायो , कस्ता लुगा लगायो कस्ता परीकारका खाने कुरा खायो र कति रमाइलो गरियो यी कुराहरु फेसबुक र टिकटकको माध्यमवाट देख्न सक्छौ।
परिवर्तीत समय अनुसार यस्ता कुरा सामान्य भएता पनि यसको प्रभाव समाजमा आर्थिक अवस्था कमजोर भएका मानिसमा पर्ने गर्दछ। यसरी देखावटी चलनवाट भएका मानिसमा पर्ने गर्दछ। यसरी देखावटी चलनवाट आर्थिक अवस्था कमजोर भएका परिवार , वालवच्चाको मनोविज्ञानमा नराम्रो असर पर्दछ । उनीहरुको इच्छा, आकाक्ष्या , चाहनाहरु आर्थिक अवस्था राम्रो भएका परिवारको वालवच्चासंग तुलना गर्न नसक्दा समाजमा नराम्रो प्रकारको विकृती उत्पन्न हुन सक्ने सम्भावना दीनप्रतिदीन बददै गइरहेको छ।
जे छ त्यसमा रमाउने आफ्नो खुसी परिवार समाजमा रहेका मानिसहरुसंग साटासाट गर्ने आपसी सदभावना बढाउने मान्यजनवाट आशिरवाद लिने , नवदुर्गा भवानीको पुजा आराधना गर्दै घर घरमा शान्ती स्थापना गर्ने दशैँको विशेसता अन्तर्गत पर्दछन।
यस्ता सकारात्मक कुराहरुलाई निरन्तर आगामी पुस्ता समक्ष चलाइरनका लागी हामीमा दुर्गा भवानीले आशिर्वाद प्रदान गर्नुहोस दशैँलाई धेरै भडकीलो र देखावटीमा नमनाएर चार्ड पर्वको रुपमा आफ्नो दक्षता , क्षमता अनुसार मनाउने वानीको विकास होस सबैमा वडा दशैँ २०७९ को हार्दिक मंगलमय शुभकामना।
प्रतिक्रिया