अनेरास्ववियू पि.एन. द्वारा संविधान दिवसमा दिप प्रज्वलन

अनेरास्ववियू पि.एन. द्वारा संविधान दिवसमा दिप प्रज्वलन

संगिता अधिकारी

अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटीद्वारा पृथ्वीनारायण क्याम्पसमा संविधान दिवसको उपालक्ष्यमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथिको रुपमा राजन शर्मा  पराजुली रहनु भएको थियो ।

अनेरास्ववियू पृथ्वीनारायण क्याम्पसका अध्यक्ष रसिक न्यौपाने ले विभिन्न कालखण्डका आन्दोलनका प्राप्तिका रुपमा हामीले अहिले विश्वकै उत्कृष्ट संविधान प्राप्त गरेको र यस संविधानको रक्षा र मुलुक निर्माणमा यसको कार्यन्वयन गर्न हामी सबै नागरिकको जिम्मेवारी रहेको बताए ।

अनेरास्ववियू कास्कीका अध्यक्ष वज्रराज अधिकारीले लामो समयको संघर्षबाट निर्माण गरिएको संविधानलाई मिचेर प्रतिगमनको बाटो रोज्न खोज्नेहरुलाई आसन्न मंसिरमा हुने निर्वाचनमा जनताले राम्रो मुल्याङ्कन गरेर विदा गर्ने कुरा राखेका थिए।

कार्यक्रममा अनेरास्ववियूका स्थायी कमटी सदस्य सन्तोष न्यौपाने, सचिवालय सदस्य विकास रेग्मी, सुर्यदेव लामिछाने, विद्यार्थी नेताहरु होम तामाङ्ग, दिवस पौडेल, कास्कीका सचिव जिवन अधिकारी, महानगरका अध्यक्ष संगम आचार्य, क्याम्पस कमिटीका सचिव सन्तोष पौडेल लगायतको उपस्थिति रहेको थियो।