जग्गा वर्गीकरण गर्दैै धरान

जग्गा वर्गीकरण गर्दैै धरान

संगिता अधिकारी

काठमाडौं । धरान उपपमहानगरपालिकाले जग्गाको वर्गीकरण कायम गर्ने भएको छ ।

उपमहानगरले भू उपयोग ऐन २०७६ अनुसार नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट भू उपयोग नियमावली २०७९ अनुसार नगरभित्रका जग्गाको कृषि क्षेत्र र गैरकृषि क्षेत्र भनी वर्गीकरण गर्न लागेको हो ।

आइतबार महानगरपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्रका जग्गा बर्गीकरण गर्न स्थानीय बासिन्दा समक्ष अनुरोध गरेको छ । आफ्ना वडाका जग्गाहरु कुन कुन कृषि क्षेत्रमा पर्ने र कुन कुन गैर कृषि क्षेत्रमा पर्ने ताकि पठाउने भनी वडाहरुलाई परिपत्र गरिएकोमा सबै वडाहरुबट गैर कृषि क्षेत्र घोषणा गर्न प्रस्ताव आएको भनी सो सूचनामा उल्लेख गरिएको छ ।

आफ्नो जग्गा कृषि क्षेत्रमा कायम गर्न चाहने स्थानीयले सूचना प्रकासित भएको १५ दिनभित्र आफ्नो नागरिकता र जग्गाधनी पूजाको फोटोकपी संलग्न गरी सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न महानगरपालिकाले अनुरोध गरेको छ ।